Tuesday, January 29, 2019

सहिद दिवसमा विदा नहुने

             देश र जनताको हित र अधिकारका लागि जीवको आहूति दिने सहिदप्रति सम्मान गर्दै देशभर वर्षेनी सहिद दिवस मनाईन्छ । सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ पनि मनाइँदै आएको छ ।

तर, संघीय संरचना अनुसार प्रदेश सरकार गठन भएपछि पहिलो वर्ष नै गण्डकी प्रदेश सरकारले माघ १६ गते सार्वजनिक बिदा नदिने भएको छ । केही प्रदेशले बिदा दिएको र केही प्रदेश अन्योल रहेका बेला गण्डकी सरकारले बिदा नदिई शुभकामना दिएको हो । तमु ल्होसार र माघे सक्रान्तिमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको थियो ।

No comments:

Post a Comment