Monday, September 2, 2024

बालबालिकाहरुका लागि "बाल भिटा"

        बाल भिटाले बालबालिकालाई चनाखो र दरिलो बनाउँनबाल भिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वहरुको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ । बाल भिटा खानामा मिसाएर खुवाइन्छ । बाल भिटा ६ महिना पुरा भए देखि २ बर्षमुनिका बालबालिकालाई खुवाउनुपर्छ । बाल भिटा घरमा तयार पारिएका खानेकुरा (जाउलो, लिटो, मिचिएको दाल, भात) सजिलैसँग मिसाएर खुवाउन सकिन्छ । बाल भिटा मिसिएको खानाको स्वाद, गन्ध तथा रंगमा कुनै परिर्वतन आउदैँन । 

    बाल भिटामा आइरन लगायतका खनिजतत्वहरु उपलब्ध हुने भएकाले रक्तअल्पना हुनबाट जोगाउँछ । ६ महिनादेखि २ बर्षसम्मका बालबालिकालाई हरेक ६ महिनाको अन्तरालमा दैनिक एक प्याकेटको दरले ६० प्याकेट बहु सुक्ष्म पोषक तत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्छ । महिनादेखि २ बर्षसम्मका बालबालिकालाई खुवाउने बहु सुक्ष्म पोषक तत्वको मिश्रण भएको प्याकेटमो मात्रा कुल १८० हुन्छ । 

बाल भिटा खुवाउँदाका फाइदाहरु 

✔ दिमागको विकास 

✔ शरीरको वृद्धि विकास 

✔ रोगसँग लड्ने क्षमताको विकास 

✔ खाना खाने रुचिमा वृद्धि 

✔ रक्तअल्पता तथा अन्य सुक्ष्म पोषक तत्वहरुको कमिले हुने विकृती कुपोषणबाट जोगाउन 

✔ बाल भिटाले बालबालिकालाई चनाखो र दरिलो बनाउँन



No comments:

Post a Comment