मालिका गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरुमा दर्ता भएका गर्भवती महिलाहरुको ANC जाँचदेखि बच्चा जन्मेको २ वर्षसम्मको विवरण अध्यावधिक गर्ने उद्देश्यले यो Continuum Of Care नामक Live Google Sheet तयार गरिएको हो ।
यो फाराम मालिका गा.पा. स्वास्थ्य शाखाले नियन्त्रण गर्दछ भने स्वास्थ्य संस्थाका प्रमुख र अन्यलाई View र फोकल पर्सनलाई Edit गर्ने Access दिईएको छ। Gmail Access दिईएका सम्बन्धित संस्थाका स्वास्थ्यकर्मी बाहेक अरु कसैले पनि यो Live Google Sheet लाई Edit गर्न मिल्ने छैन । तर सबैले हेर्न मिल्ने बनाईएको छ।
यो Live Google Sheet भर्न सम्बन्धित फोकल पर्सनले अनिवार्य HMIS 3.6 मातृ तथा नवाशिशु स्वास्थ्य सेवा रजिष्टर (MATERNAL AND NEWBORN HEALTH SERVICE REGISTER), HMIS 2.3 पोषण रजिष्टर (NUTRITION REGISTER) र HMIS 2.2 खोप रजिष्टर (IMMUNIZATION REGISTER) मा रेकर्ड भएका वा अध्यावधिक भएका विवरण मात्र राख्नु पर्नेछ।
Live Google Sheet भर्नको लागि तलको आफ्नो संस्थामा थिच्नु होला।
फाराम भर्दा केही समस्या आएमा वा थप जानकारीका लागि मालिका गाउँपालिका स्वास्थ्य शाखामा वा तेजिन्द्र रानामा मेसेज गर्नुहोला वा मोवाईल नम्बर 9847761618 मा सम्पर्क गर्नुहोला ।
No comments:
Post a Comment